Chadi ka Sikka

चाँदीका सिक्का

छताछुल्ल छ चारैतिर
अनगिन्ती चाँदीका सिक्का
झिलिमिली झल्झलाउंदो
अनुपम त्यो ढिक्का

बिभिन्न आकारको त्यो
छुट्टै छ सबको तेज
कुन सिक्का रोजुँ म
आफ्नो निम्ती यही छ खोज

हात लम्काउँछु एउटा सिक्का टिप्न
तर अडिन्छु मन लाग्दैन अर्को छोड्न
यसरी बित्छ सार एक दिन
अनि घाम पनि हुन्छ डाँडा पारी बिलिन

ओहो।।। त्यो चमक कहाँ हरायो?
वरिपरी मेरो अंध्यारो छायो
रमझम भो सारा फिक्का
मुल्यहिन लाग्नथाल्यो त्यो चिसो सिक्का!!!

Tags: , , , , , ,

Leave a comment